श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य

नियम लागुसँगै शैक्षिक क्षेत्रका विकृति न्यूनीकरण हुने गाउँपालिकाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य गरिएको छ ।

गाउँपालिकाले शिक्षा ऐन जारी गर्दै यस्तो नियम लागु गरेको हो । शिक्षाको गुणस्तर उकास्ने अभियानको पहिलो अभ्यास सुरु गरेको गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । आफु सरकारी कार्यालय र सामुदायिक विद्यालयमा कार्यरत रहेर आफ्नै छोराछोरी निजी विद्यालय पढाउँदा शिक्षाको गुणस्तर खस्कने गरेकोले पाइएपछि ऐन जारी गरेर अनिवार्य गरिएको माखिमले बताउनुभयो ।

शैक्षिक सत्र २०८० देखि यो निर्णय लागु हुने उहाँको भनाइ छ । पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा (२२) मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना भनेको छ ।

यो नियम लागुसँगै शैक्षिक क्षेत्रका विकृति न्यूनीकरण हुने गाउँपालिकाको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार