कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

आगामी भदौको पहिलो सातादेखि पश्चिम नेपालस्थित दाङ र प्यूठान जिल्लाका रमणीयस्थलमा छायाङ्कन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ साउन : अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ ।

सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ निर्माण गर्न लागेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस चलचित्रमा हामीले अन्तरजातीय जोडीको प्रेम र दाम्पत्य जीवनको सङ्घर्षलाई देखाउने छौँ । तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ । चलचित्रले विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन्छ, तर प्रस्तुतीकरण पूर्ण रुपमा मनोरञ्जनात्मक नै हुन्छ ।”

उहाँसँगै यस चलचित्रलाई अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्नुहुनेछ । उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।

अभिनेता भुसालले चलचित्रको विषयवस्तुले आफूलाई आकर्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कलाकारले फरक चलचित्रसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं । यस चलचित्रमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु । त्यसकारण म चलचित्रमा जोडिएको हुँ ।”

आगामी भदौको पहिलो सातादेखि पश्चिम नेपालस्थित दाङ र प्यूठान जिल्लाका रमणीयस्थलमा छायाङ्कन गरिने चलचित्रमा चिरञ्जीवी भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन, बाबुल गिरी र सरोज पोखरेलले सङ्गीत सिर्जना र श्याम तामाङले छायाङ्कन गर्नुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार