काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् ।
उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा भएको अतिक्रमणविरुद्ध तुरुन्तै कमद चाल्न सरकारलाई आग्रह गरेका छन् ।
‘हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणकोविरुद्ध सरकारले तुरुन्त कमद चालोस्’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।
— NKShresthaPrakash (@nksthaprakash) May 9, 2020
लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया