जेठ ६, २०८१ आइतबार May 19, 2024

चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, परीक्षणको दायरा बढाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिन अघि भएको संवाद अनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत एक जहाज स्वास्थ्य सामाग्री शनिबार काठमाडौं आइपुगेको र अर्को जहाज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आएसँगै अब कोरोनाको परीक्षणमा सामग्रीको अभाव नहुने र परीक्षणको दायरा समेत बढ्ने स्वास्थ्य मन्त्रालयको दावी छ । त्यस्तै नेपाल सेनाले खदिर गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी चीन जाँदैछ ।

शनिबार र आइतबार ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेवल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन । उनले प्रभावित क्षेत्रमा पीसीआर परीक्षण बढाउने र एक घर एक परीक्षणको कुरा सही नभएको बताएका छन । एक पटक परीक्षण गरेर सधैँलाई नहुने भएकाले शंकास्पद र ट्रेसिङमा आएकाको परीक्षण गरिने उनले जानकारी दिएका छन ।
नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो । हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार नेपालमा अवतरण गरेको हो ।

जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ । आजै नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ग्वान्जाओमा चाटर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चाटर्ड गरेको बताइएको छ ।
त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् । शनिबार आएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो ।

गोरखापत्र बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार