श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अर्कैको नाममा एसइई परीक्षा दिने विष्णुबहादुर माली कक्षाकोठाबाटै पक्राउ

रौतहटको नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

राजदेवी नगरपालिकाको मुडबलवास्थित उक्त परीक्षा केन्द्रमा अरूको परीक्षा दिइरहेका ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहाका विष्णुबहादुर मालीलाई पक्राउ गरिएको हो  ।

परीक्षा अनुगमन समितिले नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा सिम्बोल नम्बर ०२५००२५७ जी नुरेंन खानको सट्टामा मालीले परीक्षा दिइरहेको अवस्थामा परीक्षा अनुगमन समितिले समातेर प्रहरीको जिम्मा लगाएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले जनाएको छ ।

परीक्षार्थीको सो विषयको परीक्षा रद्द गरी मालीलाई आवश्यक कारबाही प्रहरीले अघि बढाएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनोद सिंहले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार