असार २३, २०८२ सोमबार July 7, 2025

लिपुलेक-मानसरोवर सडक निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन, २० जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।

पक्राउ परेका अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले भने, ‘भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण सांकेतिक विरोधको तयारी गरिरहेका थियौँ । प्रहरीले पक्राउ गरेर हामीलाई महेन्द्र पुलिस क्लबमा ल्यायो ।’

पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया