श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसइइ दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार

शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको को । शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया