काठमाण्डौंः भारतले नेपाली भूभाग लिपुलेकमा सडक बनाएको प्रति सत्तारुढ दल नेकपाले कडा आपत्ति जनाएको छ । नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली तथा पुष्पकमदल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ती मार्फत आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएको ठहर नेकपाले गरेको छ । पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल नबनाउन नेकपाले माग गरेकाे छ ।
अध्यक्षद्वयद्वारा जारी विज्ञतिप्मा कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरेर विवाद समाधान गर्नुपर्ने बताइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘लिम्पीयाधुरा, कालापानी र लिपुलेक हाम्रो हो । लिपुलेकमा सडक बनाउँदा नेपालको सार्वभौमिकतालाई हानी पुर्याएको उल्लेख गरिएको छ ।’
नेकपाले सडक निर्माण कार्य तत्काल रोक्न र विवादलाई थप जटिल बनाउने कुनै गतिविधि नलिन चेतावनी दिइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया