काठमाण्डौंः पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ । निर्वाचन समितिले चैत ५ गते हुने नसकेको निर्वाचन वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ ।
बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत प्रा.डा विकास केसीले जानकारी दिए । चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए ।
पछि निर्वाचन समितिले काम गर्न नसकिने भन्दै क्याम्पस प्रमुखलाई पत्र पठायो । विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार भएको हो । पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० जना मतदाता छन् ।
पोखराको ६ वटा क्याम्पसमध्ये वन विज्ञान अध्ययन संस्थानमा मात्र स्ववियु निर्वाचन भएको छ । त्यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुका समिर कार्की निर्वाचित भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया