कार्तिक २३, २०८३ सोमबार November 9, 2026

पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन वैशाख ३ गते हुने

विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ । निर्वाचन समितिले चैत ५ गते हुने नसकेको निर्वाचन वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ ।

बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत प्रा.डा विकास केसीले जानकारी दिए । चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए ।

पछि निर्वाचन समितिले काम गर्न नसकिने भन्दै क्याम्पस प्रमुखलाई पत्र पठायो । विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार भएको हो । पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० जना मतदाता छन् ।

पोखराको ६ वटा क्याम्पसमध्ये वन विज्ञान अध्ययन संस्थानमा मात्र स्ववियु निर्वाचन भएको छ । त्यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुका समिर कार्की निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमपञ्चकको चौथो दिन आज गाईपूजा गरिँदै
२०८३ कार्तिक २३, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक २३, सोमबार
प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने
२०८३ कार्तिक २२, आइतबार
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार