असार २८, २०८२ शनिबार July 12, 2025

लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीले संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

आइतबार बिहान संसद बैठक सुरु हुन लाग्दा युवा–विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीहरु भारतले सीमा मिचेको तथा नेपाल सरकार मौन बसेको विरोधमा प्रदर्शन गर्न पुगेका हुन् ।

प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि उनीहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया