असार २८, २०८२ शनिबार July 12, 2025

भारतीय सेना तत्काल हटाउन माग गर्ने समाजबादी काँग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल समाजवादी काँग्रेसले भारतले नेपाली भुभाग अतिक्रमण गरी लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रमा बनाएको सडक निर्माणको कार्य तत्काल रोक्न दवाब दिने निर्णय गरेको छ ।

आइतबार पार्टीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा पार्टी केन्द्रिय कार्यालय बानेश्वरमा अपरान्ह बसेको केन्द्रिय समितिको विशेष बैठकले भारतले नेपालको लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र अतिक्रमण गरेको प्रति खेद प्रकट गर्दै त्यहाँ राखीएका भारतीय सेना तत्काल हटाउन माग गरेको हो  ।

भारतको पछिल्लो घटनाले देशको सार्वभौमिकता माथि चोट पुर्याएको भन्दै समाजबादी काँग्रेसले राष्ट्रिय स्वाधिनताको प्रस्ताव पास गरेको उक्त पार्टिका केन्द्रिय सचिव मान बहादुर गुरुङले जानकारी दिएका छन् । गतसाता बारा जिल्लाको सिमा क्षेत्रमा पर्ने नेपालको प्रहरी कार्यालय माथि गरिएको आक्रमण र सिंहदरबार ढोकामा चीनिया नागरिकहरुबाट भएको अभद्र ब्यवहार समेत देशको सार्वभौमिकता माथि चोट पुर्याएको भन्दै उक्त बैठकले दुख व्यक्त गर्ने निर्णय गरेको सचिव गुरूङले बताए ।

सो बैठकले कोरोना महामारीको नाममा जनतालाई घरभित्र थुनेर वर्तमान सरकार राज्य विरुद्धको अपराधमा लागेको भन्दै ओली सरकार विघटन गरेर राष्ट्रिय सरकारको निर्माण गर्नुपर्ने प्रस्ताब पारित गरेको जनाएको छ । त्यसैगरी उक्त बैठकले लकडाउनका कारण घर आउन नपाएर सिमामा अलपत्र परेका नेपाली जनता तथा खाना नपाएर भोक भोकै मर्न लागेका नेपाली नागरिकहरुको उचित व्यवस्था गर्नु पर्ने माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया