कार्तिक २३, २०८३ सोमबार November 9, 2026

ट्रान्सफर रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो । गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा.कुशुम शाक्यले हाललाई उक्त निर्णय स्थगन भएको जानकारी दिइन् । उनले भनिन् ‘हाललाई निर्णय नम्बर ९९ स्थगन भएको छ । थप निर्णयको लागि समितिले गरेको सिफारिस अनुसार हुन्छ ।’

परिषद्ले थप निर्णय गर्नको लागि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख डा.पशुपति अधिकारीको संयोकत्वमा अध्ययन समिति गठन गरेको छ । उक्त समितिले सुझाव दिए अनुसार परिषद्ले निर्णय गर्नेछ । विद्यार्थीहरूको कलेज स्थानान्तरण गर्नेसम्बन्धी परिषदको उक्त निर्णय नं. ९९ गलत भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार बसेको त्रिवि प्राज्ञिक परिषदले निर्णय स्थगन गरेको हो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमपञ्चकको चौथो दिन आज गाईपूजा गरिँदै
२०८३ कार्तिक २३, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक २३, सोमबार
प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने
२०८३ कार्तिक २२, आइतबार
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार