असार २८, २०८२ शनिबार July 12, 2025

सरकार वक्तव्यबाजीमा मात्र अल्झेको भन्दै ठोस समाधान खोज्न कांग्रेसको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमी अतिक्रमण गरेर सडक बिस्तार गरेको विषयमा उच्चतहको राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न आग्रह गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार वक्तव्यबाजी मात्र अल्झेको भन्दै ठोस समाधान खोज्न सुझाएका छन।

देउवाले भनेका छन्, ‘उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु।’

उनले राष्ट्रवादको विषयलाई वक्तव्यको बिषय मात्र नबनाइ परिणाममुखी बनाउन सुझाव दिएका छन। कांग्रेसले राष्ट्रियताको प्रश्नमा सरकारलाई पूर्ण रुपमा साथ रहने दोहोर्‍याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया