श्रावण २, २०८२ शुक्रबार July 18, 2025

२ सय १८ कलेज मर्जको तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं विश्वविद्यालयमा यस वर्ष स्नातक तहमा सामाजिक कार्य विषयमा २४ सिट कोटामा दुई जना विद्यार्थी मात्र भर्ना भए भने २२ सिट खाली रहे। बिए बुद्धिस्ट अध्ययनमा ३० कोटामा चारजना मात्र भर्ना भए भने २६ सिट खाली रहे। यति मात्र होइन यस विश्वविद्यालयको स्कुल अफ आर्टस्को कुल १२ शैक्षिक कार्यक्रममा कुल एक विषय बिएफएबाहेक सबैमा सिट खाली नै रहे।

विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार काठमाडौं विश्वविद्यालयमा सञ्चालित सातवटा स्कुलमा दुई सय शैक्षिक कार्यक्रमको कुल सिट कोटाको ३० प्रतिशत यस वर्ष कोटा खाली नै रहेको छ। उनले मेडिकलतर्फ एमबिबिएस र बिडिएसबाहेक अन्यमा पनि कोटा खाली रहेको जनाए।

यो समस्या एउटा केयुको मात्र नभएर मुलुकमा सञ्चालित ११ विश्वविद्यालयका १ सय ५० आंगिक कलेज, ५ सय ३७ सामुदायिक कलेज र ७ सय ७३ सम्बन्धन प्राप्त निजी गरी कुल एक हजार चार सय ४० कलेजको समस्या हो।

काठमाडौं विश्वविद्यालयमा यस वर्ष स्नातक तहमा सामाजिक कार्य विषयमा २४ सिट कोटामा दुईजना विद्यार्थी मात्र भर्ना भए भने २२ सिट खाली रहे।

विद्यार्थी अभावमा कलेज बन्द हुने अवस्थामा पुगेपछि सरकार भने सयभन्दा कम विद्यार्थी भएका २ सय १८ सामुदायिक कलेज र २१ आंगिक कलेजका कार्यक्रम मर्जर गर्ने तयारीमा जुटेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।

यसैगरी सयभन्दा कम विद्यार्थी भएका ३ सय ४५ निजी कलेज मर्जरबारे पनि छलफल अघि बढेको आयोगले जनाएको छ। नागरिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार