असार २३, २०८२ सोमबार July 7, 2025

चीन सरकार द्धारा नेपाललाई मेडिकल सामग्री अनुदानमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वप्रतिवद्धता अनुसार चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ।

सोमबार नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्क्षीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेकी छन् ।

मेडिकल सामग्री हस्तान्तरणका क्रममा राजदूत हाउले यो सामग्रीको चीन नेपाल सोलिडारिटीको समन्वयमा उपलब्धता सम्भव भएको आफूहरुले बाचा मात्रै नगरेर काम पनि गरेर देखाउने बताएकी छन् ।

उनले कोभिड–१९ को संक्रमणविरुद्ध दुवै देश र जनता एकवद्ध भइ अगाडि बढ्नुपर्ने जरुरी समेत रहेको बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया