श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण  सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो ।

“बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँ” उहाँले भन्नुभयो, “पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पुर्‍याएका छौँ, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।”

सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्‍याउनका लागि छिटोछरितो रूपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यालयको मागका आधारमा पाठ्यपुस्तकका पूरै सेट उपलब्ध गराइएको उल्लेख गर्नुहुँदै उहाँले कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण सम्पन्न गरेपछि थप माग गरेका जिल्लाका विद्यालयमा आपूर्तिको कार्य गरिने बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका विद्यालयमा १८ लाख थान पाठ्यपुस्तकको माग रहेको छ । सोमध्ये केन्द्रले हालसम्म नौ लाख थान पाठ्यपुस्तक वितरणकोकार्य गरेको छ । माग अनुसारका पाठ्यपुस्तक वैशाख महिनाभित्रै वितरण गरिसक्ने कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

blog

केही जिल्लाका थोरै विद्यालयमा रकम निकासाको कार्य ढिलो हुँदा पाठ्यपुस्तक आपूर्ति गर्न नसकिएको केन्द्रका कर्मचारी नरेश भण्डारीले बताउनुभयो । रकम निकासा पठाएसँगै पाठ्यपुस्तक वितरणको कार्य गरिने उहाँको भनाइ रहेको छ । “पाठ्यपुस्तक बोकेका दुई वटा गाडी आउने क्रममा छन्” उहाँले भन्नुभयो, “एउटा गाडी भोलि आइपुग्छ, अर्को गाडी पर्सी आइपुग्छ, दुई गाडी किताब आएसँगै प्रदेशमा पाठ्यपुस्तकको माग पूरा हुन्छ ।”

छपाइ समयमै सम्पन्न हुँदा विगतका वर्षमा हुँदै आएको पाठ्यपुस्तकको अभावलाई पूर्ति गर्न सकिएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलका प्रधानाध्यापक वीरेन्द्रबहादुर सिंहले विगतमा पाठ्यपुस्तकको अभावमा पढाइको कार्य प्रभावित हुँदै आएको बताउनुभयो ।

“सुगमको जिल्ला भए पनि कञ्चनपुरका सबै विद्यालयमा विगतमा पूरै पाठ्यपुस्तक पाउन सकिएको थिएन” उहाँले भन्नुभयो, “पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा पढाइका लागि इन्टरनेटबाट शिक्षकले सन्दर्भ सामग्री र पाठ्यपुस्तक डाउनलोड गरी पढाउने कार्य हुँदै आएको थियो, चालु शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध गराइने आश्वासन पाएका छौँ, कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आइपुगेका छन्, कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक केही दिनभित्रै आइपुग्ने जानकारी प्राप्त भएको छ ।”

स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकासा रकम पठाउने कार्य गरेका छन् । शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका दीपेन्द्र जोशीका अनुसार विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि ७५ प्रतिशत रकम निकासा पठाइसकिएको छ । पाठ्यपुस्तक वितरणका लागि सुदूरपश्चिम प्रदेशका एक सय ७३  पुस्तक पसल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सूचीकृत गरिएका छन् । यसैबीच कञ्चनपुरका विद्यालयमा विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई अगाडि बढाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार