श्रावण २, २०८२ शुक्रबार July 18, 2025

त्रिवि स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित (सूचना सहित)

व्यवस्थापनतर्फ र मानविकी संकायतर्फका परीक्षा मिति पर सर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले वैशाख १० गते हुन लागेको उपनिर्वाचनका कारण परेको स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित गरेको छ । त्रिविको बुधवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रणको कार्यालयबाट जारी सूचनामा बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको संसदीय निर्वाचनका दिन परेको परीक्षा सार्न निर्वाचन आयोग, गृह मन्त्रालय तथा शिक्षा मन्त्रालयबाट पनि अनुरोध आएको भन्दै त्यस दिन हुने परीक्षा वैशाख १६ गतेका लागि सारेको उल्लेख गरिएको छ ।

त्यस दिन स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापनतर्फ फाइनान्सियल एकाउन्ट एण्ड एनलाइसिस र एकाउन्टिङ फर फाइनान्सियल एनलाइसिस र मानविकी संकायतर्फ अंग्रेजी र नेपाली र नेपाल भाषा र मैथिली र संस्कृत भाषाको परीक्षा सारिएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख  गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार