श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन क्षेत्रमा रहेका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम सञ्चालन गर्न वैशाख ८, ९ र १० गते तीनवटै निर्वाचन क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्ने समितिको बैठकले निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभएको छ । बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचन हुँदै छ ।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुनशमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार