श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टोखामा विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम

माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्प्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीन महिने कम्प्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए ।

एसइई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिकरुपमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित सो नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार