कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कागजमा खर्च कटौती, मंहगो होटलमा कार्यशाला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापकको सक्षमता प्रारुप सम्बन्धी एक दिने परामर्श कार्यशाला आयोजना गरेको छ । सबैतिर खर्च कटौती गर्ने भनेको सरकारले लाजिम्पाट स्थित होटल एम्बेस्डरमा आज कार्यशाला आयोजना गरेको हो ।

गत माघ २४ गते विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्यो । अर्थ मन्त्रालयको चनं ४२१ को माघ १७ एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चनं १६२ को गत माघ २२ को पत्रानुसार केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई खर्च कटौती तथा बजेट रोक्का गर्यो । त्यसैगरी अर्थ मन्त्रालयले अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय माघ १७ गते गर्यो ।

अर्थ मन्त्रालयले १७ गते विज्ञप्ति जारी गर्दै गोष्ठी, सेमिनार र कार्यशाला खर्च लगायत शीर्षकमा खर्च कटौती गरेको भन्नृ उल्लेख गरेको छ । कोभिड–१९ को प्रभाव, रसिया–युक्रेन यद्ध तथा अन्य विविध कारण देखाउँदै खर्च कटौती गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै आर्थिक क्षेत्रमा परेको प्रतिकुल प्रभाव, तथा देश भित्रको आर्थिक गतिविधिमा सङ्कुचन हुन गएको र चालु आवको लक्ष्य अनुसारको राजस्व असुली नभएको, विपद् व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको तथा अन्य आन्तरिक कारणले नेपाल सरकारको आर्थिक व्यवस्थापनका लागि आव २०७९–८० मा विनियोजित बजेट अपर्याप्त हुन गएको भनी अर्थ मन्त्रालयको पत्रबाट जानकारी र खर्च कटौती गर्न निर्देशन प्राप्त भएको हुनाले यस्ते निर्देशन दिएको केन्द्रद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । एडुपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमपञ्चकको चौथो दिन आज गाईपूजा गरिँदै
२०८३ कार्तिक २३, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक २३, सोमबार
प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने
२०८३ कार्तिक २२, आइतबार
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार