असोज ९, २०८३ शुक्रबार September 25, 2026

लिपुलेक सडक प्रकरणः वार्षिक ३० हजार धार्मिक पर्यटक गुम्ने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली भूमिभित्र रहेको लिपुलेकमा भारतले सडक निर्माण गर्दाको असर कूटनीतिक क्षेत्रमा मात्र होइन, मुलुकको पर्यटन क्षेत्रमा समेत पर्ने देखिएको छ । चीनको कैलाश मानसरोवर यात्राका लागि जाने भारतीय पर्यटकले अहिले नेपाली भूमि प्रयोग गर्दै आएका छन् । भारतको सिक्किमस्थित नाथुला नाकाबाट मानसरोवर जान मिल्ने भए पनि सहजताका कारण भारतीय पर्यटकको रोजाइ नेपालकै रूट हुने गरेको छ ।

सामान्यतया मानसरोवर यात्राको सिजन मेदेखि सेप्टेम्बर हो । कोरोना भाइरसका कारण यस वर्ष मानसरोवर यात्रामा चीनले रोक लगाएको छ । अर्र्को वर्षको सिजनमा भारतले निर्माण गरेको सडकमार्ग प्रयोग गर्ने सम्भावना उच्च देखिँदा नेपाली पर्यटन क्षेत्रले पर्यटक मात्रै नभई अर्बाैं आम्दानीका साथसाथै रोजगारी पनि गुमाउने जोखिम बढेको छ । साथै भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज तथा हुम्लामा होटल व्यवसायमा लगानी गरिएको करोडौं रकम पनि जोखिममा पर्ने भएको छ ।

भारतले उक्त सडक बनाएपछि मानसरोवरका लागि हालसम्म सञ्चालित रूटमध्ये सबैभन्दा छोटो पर्छ । लिपुलेकबाट मानसरोवर १०० किलोमीटर (किमी) दूरीमा पर्छ जब कि नेपालको बाटो हुँदै पहिला हिल्सा पुग्नुपर्ने र हिल्साबाट मानसरोवरसम्म ११० किमी दूरीको यात्रा तय गर्नुपर्छ । यसले गर्दा पनि उनीहरूको रोजाइमा आप्mनै भूमि हुँदै मानसरोवर पुग्ने सडक पर्ने नेपाली टूर अपरेटहरू बताउँछन् । उनीहरूका अनुसार वार्षिक करीब ३० हजार भारतीय पर्यटक नेपालले गुमाउने सम्भावना छ ।

कैलास मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर सञ्चालन भएका टूर अपरेटरहरूको संस्था एशोसिएशन अफ कैलास टूरअपरेटर्स नेपाल (एकेटीओएन)का अध्यक्ष नारायण पोखरेलले भारतले सडक बनाइसकेपछि नेपालको व्यवसाय गुम्ने जोखिम भएको बताए । पछिल्लो समय मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या वार्षिक १५ देखि २० प्रतिशतले बढ्दै जाँदा सोहीअनुसार लगानी थपिरहेका नेपाली पर्यटन व्यवसायीहरूलाई पछिल्लो घटनाक्रमले निराश बनाएको छ

‘यही अनुपातमा पर्यटक वृद्धि हुँदै जाँदा केही वर्षमै यस्तो संख्या ५० हजारसम्म पुग्ने आकलन गरिएको थियो,’ पोखरेलले भने, ‘नेपालगञ्ज–हिल्सा (हुम्ला) र सुर्खेत–हिल्सा जोड्ने सडक बनेको भए पनि केही राहत हुने थियो । तर, सरकारले चासो नदिँदा यो विकल्प पनि गुम्ने देखिन्छ ।’

अहिले यस क्षेत्रबाट २० देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा पाँचतारेदेखि दुईतारे होटेल खुलेका छन् भने सिमिकोट र हिल्सामा होटेलहरूको संख्या बढेको छ । अार्थिक अभियान दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार