श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ ।

स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयम खानेपानी आपूर्ति बन्द भएको हो ।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए । “प्यालाभिरबाट मुहानसम्मको खण्डमा पर्ने कतिपय पाइप जलेर टुक्राटुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको छ । विद्यालयका लागि सञ्चालित खानेपानी आयोजनाको पाइप जलेपछि समस्या भएको छ”, उनले भने-, “वैशाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घर जोगाएका छन् ।”

साविक दुर्छिम–३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताएका छन् । डढेलोले वनस्पति खसाप पारे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यस्तै डढेलोले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ । वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको हो ।

हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नृपबहादुर चौलागाईँले बताएका छन् । वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । बाँकी रहेको डढेलो काभ्रेखोला पुगेपछि आफैँ नियन्त्रणमा आउने स्थानीय बासिन्दाले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको पाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार