श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएका ५१ बुँदे सहमती कार्यान्वयन गर्न माग

शिक्षक कर्मचारीको तलबभत्ता सशर्त अनुदान शिर्षकमा पठाउने प्रबन्ध कायम गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: विद्यालय कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसार तलब भक्ता उपलब्ध गराउन नेपाल शिक्षक महासघंले माग गरेको छ । यसै पटकको बजेट वक्तव्य मार्फत शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्न महासंघले माग गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई भेटी महासंघले ध्यानाकर्षण पत्र बुझाउँदै सहमतीहरु कार्यान्वयन हुनेगरी अविलम्ब नयाँ राष्ट्रिय शिक्षा ऐन जारी गर्न माग गरेको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएका ५१ बुँदा सहमतीलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यसैगरी प्रारम्भिक बाल कक्षाका शिक्षकहरुलाई यही बजेटबाट प्रथमीक तृतीय सरह तलब भत्ता उपलब्ध गराउन, प्राथमिक तृतीय, प्राथमिक द्धितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम तहका स्थायी शिक्षकको अन्तिम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारी भन्दा कम रहेकोले सम्बन्धीत तहको ग्रेड संख्याको निजामती सेवाका कर्मचारीसँग एकरुपता गर्न र शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियमअनुसार शिक्षकहरुलाई प्राविधिक ग्रेड उपलब्ध गराउन माग गरेको छ ।

महासंघको ध्यानाकर्षण पत्रमा शिक्षक कर्मचारीको तलबभत्ता सशर्त अनुदान शिर्षकमा पठाउने प्रबन्ध कायम गर्न, पठाइएको तलबभत्ता उपलब्ध गराउँदा स्थानीय तहले निर्णय गर्न नपर्ने कानुनी प्रबन्ध गर्न र मासिक रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाउन भनिएको छ । एडुपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार