श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शिक्षक कर्मचारीहरुलाई सेवामा प्रवेश गरेको मिति देखि नै नियुक्तिपत्र दिनुपर्ने माग

पेसागत समस्या समाधान गरिदिन इष्टुको शिक्षामन्त्रीसँग ७ बुँदे सुझाब पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी विद्यालय सञ्चालकहरु शिक्षक–कर्मचारीहरुका पेशागत सवालप्रति संबेदनसिल नभएको भन्दै ईष्टुले शिक्षामन्त्री समक्ष कार्यन्वयनका लागि सुझाब पेश गरेको छ । निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु लामो अवधीदेखि पेसागत समस्यामा रहेको जानकारी गराउँदै समस्या समाधानका लागि सुझाब पेश गरेको हो ।

आज शिक्षा मन्त्रीसँगको भेटमा ७ बुँदे सुझाब पेश गर्दै कार्यन्वयनका लागि आग्रह गरेको संस्थागत विद्यालय शिक्षक युनियन (ईष्टे)का अध्यक्ष होम कुमार थापाले बताएका छन् । उनले समस्याहरुको समाधान गरि निजि विद्यालयका शिक्षक कर्मचारीहरुलाई न्यायको अनुभुती दिलाउन आग्रहगरेको बताए ।

साथै कोरोनाका कारणले सिर्जित लकडाउनको अवधिमा शिक्षक तथा कर्मचारीहरुले लगभग डेढ बर्ष भन्दा बढिको तलब नपाएको, विद्यालय सञ्चालकहरु शिक्षक–कर्मचारीहरुका पेशागत सवालप्रति खासै संबेदनसिल नभएको, मौजूदा शैक्षिक ऐन नियमहरुको पालना विद्यालय सञ्चालकहरुले नगरेको र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै गराउन नसकेकोले कार्यान्वयनका लागि सुझाब पेश गरेको थापाले बताए ।

यस्ता छन् ईष्टुले कार्यान्वयनका लागि दिएका सुझाव

१. निजि लगानीका विद्यालयहरुमा शिक्षक नियुक्ति तथा बर्खास्त निश्चित साझा मापदण्ड बनाएरमात्र गरियोस ।

२. शिक्षक कर्मचारीहरुलाई सेवामा प्रवेश गरेको मिति देखि नै नियुक्तिपत्र प्रदान गर्ने व्यवस्था गरियोस ।

३. निजि लगानीका विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई नेपाल सरकारले तोके बमोजिमको तलब, सेवा सुबिधा प्रदान गरियोस ।

४. सम्पूर्ण निजि लगानीका बिद्यालयहरु र कार्यरत शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत गराईयोस । यसका निम्ति मन्त्रालयका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , विद्यालय सञ्चालकहरुका सङ्घ सङ्घठनहरु , हाम्रो युनियन र नेपाल शिक्षक महासंघ सँग संयुक्त छलफल गरि उपयुक्त निकास निकालियोस ।

५. निजि लगानीका विद्यालयहरुले ऐन नियम पालना गरेनगरेको अनुगमन गर्न यो युनियन समेत सहभागी रहने गरि एउटा अधिकार सम्पन्न उच्च स्तरीय संयन्त्र निर्माण गरियोस् र त्यसले अनुगमन गरी अनिवार्य ऐन नियम पालन गर्न लगाईयोस तथा शिक्षक कर्मचारीहरुको लगत राख्ने निकाय खडा गरि अनिवार्य लगत राख्ने व्यवस्था मिलाईयोस ।

६. शिक्षकहरुका पेशागत सघं सङ्गठन÷युनियनहरुसँग छलफल गरि चाडो संघीय शिक्षा ऐन जारी गर्न पहल गरियोस ।

७. नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासघंका बिचमा २०७८ फाल्गुण ९ मा भएका सम्पूर्ण सहमती लागू गरियोस । एडुपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार