असार २८, २०८२ शनिबार July 12, 2025

लिपुलेक अतिक्रमणको विरोधमा आज साँझ एक मिनेट बत्ति निभाउन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हाम्रो नेपाल सुशासन अभियानले भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा आज साँझ एक मिनेट बत्ति निभाएर विरोध जनाउन आह्वान गरेको छ ।

कोरोना भाइरस महामारीको विपत्तिको मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाटन समेत गरेको विषयले सम्पूर्ण नेपालीलाई आक्रोशित र मर्माहत पारेको उल्लेख गर्दै अभियानले भारतको यो हेपाहा, घृणित र दुश्कृत्यको विरोधमा एक मिनेट बत्ति बन्द गरेर विरोध जनाउन आग्रह गरेको हो ।

‘भारतले नेपालको संप्रभुताको कदर र सम्मान गरि गल्ति सच्याओस्’, अभियानले जारी गरेको अपील पत्रमा भनिएको छ, ‘यस दुश्कूत्यको विरोध गर्न र नेपालीहरुको एकवध्दता जनाउन आज बेलुका ठीक ७ः३० बजे १ मिनेट बत्ति निभाउन हामी सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गर्दछौँ ।’

साथै नेपाल सरकारले यस विषयमा आफ्नो भूमि फिर्ता लिई हेपाहा प्रवूत्तिको अन्त्यका लागि उपलब्ध हदसम्मका सबै प्रयत्न तथा विकल्पहरु सोची शिघ्राति शिघ्र नतिजामुखि कारबाही अघि बढाउन पनि अभियानले माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार