असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्रीलाई खाँडको प्रश्न ‘कागजमा नभई जमिनै फर्काउँछु’ भनेको ‘जमिन खै ’?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले लिपुलेका सम्बन्धमा ‘कागजमा नभई जमिनै फर्काउँछु’ भनेको ‘जमिन खै ’ भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

केही समय अगाडि भारतले लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि राखेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि आफूहरुले पनि नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा नभई जमिनै फर्काउछु भनेको स्मरण गर्दे उनले ‘त्यो जमिन खै ?’भनी प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खाँडले भारतले नेपाली भूमिमाथि सडक बनाएको घटनाप्रति घोर भत्र्सना गर्दै नेपाली भूमि फिर्ता गर्छु भनेको सरकारले फर्काएको ‘जग्गा खै ?’भनी प्रश्न गरेका हुन् ।

उनले भने, ‘केही महिना अगाडि भारत सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यसमा नेपाली भुभाग लिपुलेक र लिम्पियाधुरा लगायतका केही भुभागहरु भारतमा समाहित गर्दाखेरी यो सदनमा पनि गम्भीर विरोध भएको थियो । नेपालीका सबै राजनीतिक दलहरुले त्यो नक्सा सच्याउन, नेपाली भूमिलाई फिर्ता ल्याउन र नेपालले आफ्नो नक्सा जारी गर्नका लागि सहमति जस्तो बनेको थियो । संसदीय समितिले पनि निर्देश गरेको थियो सरकारलाई । त्यत्तिखेर प्रधानमन्त्रीले म त नक्सा जारी गर्ने होइन, कागजमा होइन जमिन नै फर्काउँछु भन्नुभएको थियो । आज त्यो नक्सा कता गयो ? त्यो जमिन कता गयो ? त्यो जमिनमा त उल्टै बाटो बनाईदिएको छ । उद्घाटन गरेको छ । यो एकदमै विरोधजन्य कुरा छ ।”

नेपाली सीमा संरक्षणमा सरकार गम्भीर नभएको आरोप उनले लगाएका छन । उनले भने, “सरकारले यसमा थाहा नपाएको जस्तो गरेको छ । मन्त्रीले ‘होइन मलाई थाहै थिएन’ भन्दिनु भो पहिला । फेरि यहाँ आएर थाहा थियो हामीलाई पहिला नै भन्दिनु भयो । एकजना मन्त्रीले फेरि हेलिकोप्टर चढेर लिम्पियाधुरा हेर्न जानुभो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार