असार २८, २०८२ शनिबार July 12, 2025

प्रचण्डले जिम्मा लिएपछि नेकपामा स्थायी कमिटी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा नेताहरुमा नेताहरुबीच चर्काचर्की भयो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडे ।

ओलीसहित बहुमत सदस्य बैठकको विपक्षमा उभिएकाले स्थायी कमिटी बैठक स्थगित भयो । त्यसयता प्रचण्डले पटक पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको छ ।

स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलीफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठक टार्दै आएका ओली के सहमतिका आधारमा बैठक राख्न सहमत भए ? नेकपा नेताहरुको चासो छ । एक सचिवालय सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर दुई अध्यक्षले सम्बोधन गरौं र भोलि नै बैठक सकौं । तपाईलाई कुनै अप्ठ्यारो हुँदैन, म जिम्मा लिन्छु भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ ।’

त्यसअनुसार भोलिको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको छ ।

महासचिव विष्णु पौडेलले पनि दुई एजेण्डामा छलफल गरेर बैठक भोलि नै सक्ने र २० नेताले उठाएका विषयमा पार्टीमा सहमति जुटाएर फेरि बैठक राख्ने जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार