असार २३, २०८२ सोमबार July 7, 2025

संक्रमित बढेसँगै लकडाउन झन कडा बनाउने गृहमन्त्रालयको निर्णय, सबै सवारी पास रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः कोरोना संक्रमितको संख्या एकाएक बढेपछि सरकारले लकडाउनलाइ ब्यापक कडा बनाउने निर्णय गरेको छ । देशको विभिन्न भागमा कोरोना कोभिड-१९ भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित पुष्टि भएपछि गृहले आवतजावतमा कडाइ गर्ने निर्णय लिएको हो । गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले कुनै एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी एवम् उपसचिव उमाकान्त अधिकारीका अनुसार उक्त निर्णय जेठ १ गते बिहीबारदेखि लागू हुनेछ । उनले भने ‘कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो’, कुनै ‘एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई-पास सहितका सम्पूर्ण पास रद्द गरिएको उनले बताए ।

अव उपत्यकामा कार्यरत सरकारी कर्मचारीहरुलाई पनि पास अनिवार्य गरेको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने ब्यवस्था थियो । अब भने नियामक निकायबाट जारी भएको पास चाहिने अनिवार्य ब्यवस्था गरिएको छ ।

त्यसैगरी सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यसअघि सम्बन्धित सञ्चार संस्थाको पासको आधारमा आवत जावत गर्न दिइएको थियो । काठमाडौं उपत्यकामा तीन जिल्लामा आवतजावतका लागि यसअघि नै जारी गरिएको पास नै प्रयोग गर्न पाइने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया