श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिदैं

पाँच वर्ष एउटै विद्यालयमा शिक्षण गराएका शिक्षकको अन्तरपालिका सरुवाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दार्चुलाको दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर विद्यार्थीको सिकाइमा परेकाले एउटै विद्यालयमा लामो समयसम्म पठनपाठन गराउँदा शिक्षकमा आलस्यसमेत बढेको पाइएकाले गाउँपालिकाले सो निर्णय गरेको जनाएको छ ।

पाँच वर्ष एउटै विद्यालयमा शिक्षण गराएका शिक्षकको अन्तरपालिका सरुवाको व्यवस्था गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

उहाँले सेवाको लामो अवधिसम्म एउटै विद्यालयमा रहँदा शिक्षकको नियमितता, शिक्षण कौशल र पेसाप्रतिको उत्साहमा कमी आएकाले गाउँपालिका शिक्षा नियमावली, २०७६ मा भएको व्यवस्थाअनुसार सरुवा गर्न लागिएको बताउनुभयो ।

शिक्षा नियमावली, २०७६ को पहिलो संशोधनको नियम ५७ मा गाउँपालिकाभित्र एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पुगेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने उल्लेख छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी, करार र राहत पदमा कार्यरत शिक्षकको अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि पनि सो कार्य अघि बढाइएको शिक्षा शाखा प्रमुख बमले बताउनुभयो । शिक्षकका सरुवाका लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको निर्णयसहित गाउँपालिका कार्यालयमा निवेदन पेस गर्न भनिएको छ ।

सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल

सो गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थायी ठेगाना भएका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरेको छ ।

सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको अवस्थामा शैक्षिक गुणस्तर सुधार गर्न आफ्ना छोराछोरीको अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख बमले बताउनुभयो । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगर्ने शिक्षक, कर्मचारी, जनप्रतिनिधि र अभिभावकलाई स्थानीय सरकारबाट प्रदान गरिने सुविधाबाट वञ्चित गराइने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार