काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि अस्पतालको कुनै पनि वार्ड सिल नगरिएको अस्पताल स्रोतले जनाएको छ ।
घाँटीको समस्या देखिएर उपचारका लागि ल्याइएकी बुटवलकी बालिकामा कोरोना भाइरसको संक्रमण बिहीबार बिहान पुष्टि भएको हो । त्यसपछि अस्पतालको इएनटी वार्ड सिल गरिएको भन्ने खबर आएको थियो ।
तर अहिलेसम्म कुनै पनि वार्ड सिल नगरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बालिका विगत एक वर्ष भन्दा लामो समयदेखि त्रिवि अस्पतलमा नियमित उपचारमा रहेको र सोही क्रममा अहिले पनि अस्पताल आएको उनले बताएका छन । उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकी बालिकालाई कोभिड–१९ को उपचारका लागि बनाइएको विशेष वार्डमा राखिएको उनले जानकारी दिएका छन । अब के गर्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको उनले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया