असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोनाबाट २ हजार ५ सय ४९ जनाको मृत्यु, ७८ हजार संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार ३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ७ सय २२ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार ९ सय २२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म नौ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार दुई सय ६७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ६६ पुगेको छ ।

भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार एक सय ७३ संक्रमित फेला परेका छन् । २ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार दुई सय ९० संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ७ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या तीन हजार सात सय २९ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ । बिहारमा नौ सय ४० संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा २६ हजार दुई सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार