श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नुवाकोट क्याम्पसविरुद्ध दायर दुवै रिट खारेज, श्रीराम श्रेष्ठ नै बैध अध्यक्ष

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले गर्यो नुवाकोट क्याम्पसको विवाद निरुपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नुवाकोट आदर्श बहुमुखी क्याम्पसविरुद्ध परेका दुवै रिट निवेदन खारेज भएका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति विरुद्ध परेको रिट निवेदन र क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएका दुई रिट निवेदन खारेज भएका हुन ।

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले नुवाकोट क्याम्पसको विवाद निरुपण गरेको छ । न्यायाधीशद्वयको इजलासले सञ्चालका समिति अध्यक्ष र क्याम्पस प्रमुख कानून र कार्यविधि पुरा गरी नियुक्ति गरिएको ठहर गरेको छ । यो फैसलासँगै क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका श्रीराम श्रेष्ठ नै बैध अध्यक्ष भएका छन् ।

नुवाकोट आदर्श क्याम्पस सञ्चालक समितिका तत्कालित अध्यक्ष रामशरण प्याकुरेल र कामु क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेले त्रिभूवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय, नुवाकोट आदर्श बहुमुखी क्याम्पस र क्याम्पस प्रमुख जीतेन्द्र अर्याललाई विपक्षी बनाइ दायर भएको रिट निवेदन पनि खारेज भएको छ । उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गर्नु पर्ने अवस्था विधमान नदेखिएकाले क्याम्पस सञ्चालक समिति अध्यक्ष र क्याम्पस प्रमुख नियुक्तिविरुद्ध परेको रिट निवेदन खारेज गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक वसन्तलाल श्रेष्ठ र मानार्थ आजीवन सदस्य नारायणलाल श्रेष्ठले नुवाकोट आदर्श बहुमुखी क्याम्पस,क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख जीतेन्द्र अर्याल र क्याम्पस सञ्चालक समितिका ज्येष्ठ सदस्य छत्रराम डंगोललाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएको रिट खारेज गरी नुवाकोट क्याम्पसका नाममा परमादेश जारी गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार