असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले दियो पूर्वराजालाई काठमाडौँ आउन सवारी पास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडोँ । सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्को विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्को विरोधका साथ सरकारको आलोचना गरेका थिए ।

बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ रहन बाध्य रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया