असार २८, २०८२ शनिबार July 12, 2025

नेकपाको स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ ।

शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताएका छन ।
‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ उनले भने । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताएका छन ।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार