असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाका कारण अमेरिकामा ८८ हजारकाे ज्यान गयाे, संक्रमित संख्या १४ लाख ८४ हजार बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक मृत्यु हुनेको संख्यामा अझै कमी अाउन सकेन । गत आइतबार पहिलोपटक डेढ महिना (मार्च ३० देखि) यताकै कम दैनिक मृत्यु देखिएकाेमा त्यसयता फेरि याे संख्यामा वृद्धि भएकाे छ ।

शुक्रबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५९५ रहेकाे छ भने २६ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ पुगेको छ ।

यसैगरी कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा हालसम्म ८८ हजार ५०७ जनाको ज्यान गइसकेको छ । ३ लाख २६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

बिहीबार त्यहाँ एकैदिनमा २७ हजार २४६ नयाँ संक्रिमत थपिएका थिए । बुधबार भने त्यहाँ कोरोना संक्रमणका २१ हजार ७११ नयाँ संक्रमित थपिएका थिए । यसैगरी बिहीबार दैनिक मृत्यु संख्या १ हजार ७१५ रहेकाे थियाे भने बुधबार पनि १ हजार ७७२ काे ज्यान गएकाे थियाे ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि गत आइतबार कोरोनाबाट हुने दैनिक मृत्युका घटनामा निकै कमी आएको थियाे । आइतबार त्यहाँ कोरोनाका कारण ४१ जनाको मात्र ज्यान गएको थियाे भने १ हजार ९९७ नयाँ संक्रमित फेला परेका छन् ।

तर साेमबारदेखि फेरि न्युयाेर्कमा दैनिक मृत्यु संख्या १ सयभन्दा माथि २ सयभन्दा तल रहिअाएाके छ । शुक्रबार त्यहाँ एकैदिनमा १४८ ले ज्यान गुमाएका छन् । नयाँ संक्रमित पनि २ हजार ९२० थपिएका छन् ।

कोरोनाका कारण अहिलेसम्म न्युयोर्कमा मात्रै २७ हजार ५७४ को ज्यान गइसकेको छ । अर्को बढी प्रभावित राज्य न्युजर्सीमा पनि कोरोनाका कारण १० हजार १५० ले ज्यान गुमाएका छन् । त्यहाँ शुक्रबार एकै दिनमा २०४ काे ज्यान गएकाे छ ।

बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार