श्रावण ३, २०८२ शनिबार July 19, 2025

इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा २७ जना मारिए

इस्लामिक जिहाद नामक समूहका कमान्डरलाई लक्षित गरी हवाई आक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायली सेनाले गाजापट्टीमा गरिरहेको आक्रमणका कारण अहिलेसम्म २७ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको अल जजीराले खबर दिएको छ ।

मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका छन् । ७६ जनाभन्दा बढी घाइते भएका छन् र तीमध्ये अधिकांशलाई गम्भीर चोटपटक लागेको छ ।

आफूहरूले इस्लामिक जिहाद नामक समूहका कमान्डरलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । अली गाली नामक ती कमान्डर एउटा अपार्टमेन्टमा लुकेर बसेको र उक्त समूहका अन्य दुई लडाकू पनि उनीसँगै रहेको बेलामा मारिएको इजरायली सेनाको भनाइ छ । गालीले हालैका महिनामा इजरायलमा रकेट आक्रमण गराएको बताइन्छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टीभीमार्फत सम्बोधन गर्दै लडाकूहरूमाथि कठोर कारवाही गरिएको बताए । आक्रमणको यो चरण अझै नसकिएको उनको भनाइ छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया