असार २२, २०८२ आइतबार July 6, 2025

एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन् । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा सहमति जनाउँदै स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका हुन् ।

गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले तत्कालीन स्वास्थ्य मन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरेका थिए । राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमा थिए भने लुइजले लकडाउन खोल्दा गम्भीर संकट आउने बताएका थिए ।

बोल्सोनारो लुइजलाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्य मन्त्री बनाएका हुन् । तर उनले पनि राष्ट्रपति बोल्सोनारोकै नीतिमा असहमति जनाउँदै राजीनामा दिएका हुन् ।

बोल्सोनारोले जिम तथा ब्युटिपार्लर पुनः सञ्चालनका लागि अनुमति दिएपछि नेल्सनले त्यसको विरोध गरेका थिए । तर उनले आफ्नो राजीनामाको स्पष्ट कारण भने पत्रकार सम्मेलनमा खुलाएका छैनन् । राष्ट्रपति बोल्सोनारोले लकडाउनको विरोध गर्ने क्रम जारी राखेका छन् ।

उनले कोरोना भाइरसलाई ‘सानो फ्लू’ मात्रै रहेको बताउने गरेका छन् । उनको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ । ब्राजिलमा पछिल्लामा दिनमा कोरोना भाइरस क्रमितको संख्या तीव्र रुपमा बढी रहेको छ ।

कोरोना भाइरस महामारीको विश्वका एक हटस्पट बन्दै गएको छ ब्राजिल । त्यहाँ संक्रमितको संख्या दुई लाख १८ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३०५ संक्रमित थपिएका हुन् ।

यस्तै ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पनि १४ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२४ जनाको ज्यान गएको हो ।

पत्रकार सम्मेलनमा राजीनामाको कारण नखुलाएका नेल्सनले सेवा गर्ने अवसरका लागि राष्ट्रपति बोल्सोनारोलाई धन्यबाद दिएका छन ।

यस्तै उनले स्वास्थ्यकर्मीहरुको प्रशंसा गरेका छन । राष्ट्रपतिलाई धन्यबाद दिए पनि उनी विगतमा महामारीको विषयलाई लिएर बोल्सोनारोको प्रतिवादमा उत्रिने गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार