असार २८, २०८२ शनिबार July 12, 2025

मदन-आश्रितको २७ औँ स्मृति दिवस,कोरोनाले गर्दा औपचारिक कार्यक्रम भएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज मनाइँदैछ ।

कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन। दुई वर्षअघि आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार