काठमाण्डौंः म्यान्मारमा मोखा नामक आँधिवेहोरी कारण ६ जनाको मृत्यु भएको छ । सो आँधिबेहोरीमा परी झन्डै २० हजार मानिसले शिविरहरुमा आश्रय लिईरहेका छन् ।
यसैबिच, म्यानमारको पश्चिमी तटमा ३.६ मिटर गहिरो समुद्री पानीमा फसेका करिब १ हजार मानिसहरूलाई उद्धारकर्ताहरूले निकालेका छन् ।
म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।
उता, सिट्वेमा रहेको राखाइन युवा परोपकारी संघका अगुवाका अनुसार सिट्वे टाउनशिपको उच्च भूभागमा रहेका मठ, प्यागोडा र विद्यालयजस्ता मजबुत भवनहरूमा आश्रय लिइरहेका करिब २० हजार मानिसहरू मध्ये ७ सय जना भन्दा बढी मानिसलाई शक्तिशाली हावाले घाइते बनाएको छ।
‘हिजो साँझ ४ बजेपछि हावाहुरी अलिकति कमजोर भए पनि पानी कम भएन । धेरैजसो रातभर आफ्नो घरको छत र अग्लो ठाउँमा बसे। रातभर हावा चल्यो,’ उनले एपीसँग भने. । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया