श्रावण ३, २०८२ शनिबार July 19, 2025

चिनमा जहाज हिन्द महासागरमा पल्टिदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन

हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गर्नुभएकाे छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मंगलबार बिहान करिब ३ बजे भएको घटनापछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गर्नुभएकाे हाे ।

उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् ।

जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेशनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गर्नुभएकाे छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया