असार २३, २०८२ सोमबार July 7, 2025

आरोपितलाई निलम्बन गर्न नसक्नु कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीको प्रभाव : विजयकान्त कर्ण (अन्तवार्ता)

मान्छेले जब आफ्नो मर्यादा बिर्सिन्छ, तब उसलाई कुनै लाज हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले विजयी भावमा हात हल्लाउँदै अभिवादन गर्नुले के संकेत गर्छ ?

भारतीय साहित्यकार प्रेमचन्दले भनेका छन्– मान्छेले जब आफ्नो मर्यादा बिर्सिन्छ, तब उसलाई कुनै लाज हुँदैन । जनयुद्ध लडेर आएका नेताले आफ्ना नागरिकलाई शरणार्थी बनाएर बेच्ने आपराधिक काममा केही सहजीकरण गरिदिएको हुँ भनेर स्विकारिसकेको अवस्थामा प्रहरी हिरासतबाट हात हल्लाउँदै अभिवादन गर्नु भनेको मलाई कसले के गर्न सक्छ र भनेर लोकतन्त्र र न्यायालयलाई ठाडो चुनौती दिनु हो ।

कांग्रेसले यसै प्रकरणमा पक्राउ परेका आफ्ना नेतालाई निलम्बनसम्म किन गर्न नसकेको होला ?

यसमा कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीको प्रभाव परेको छ । आरोप लागेर पक्राउ नै परिसकेपछि छानबिन टुंगोमा नपुगुन्जेल पक्राउ परेका नेता स्वयं पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने थियो । त्यति हुन नसकेपछि पार्टीले पनि निलम्बन गर्न सक्नुपर्ने थियो । उता आफ्नो नाम पनि यस प्रकरणमा आइसकेपछि त्यो टुंगोमा नपुगुन्जेल अख्तियार प्रमुखले पनि जिम्मेवारीबाट अलग हुने नैतिकता देखाउन सक्नुपथ्र्यो ।

यस प्रकरणले नेपाली राजनीतिलाई थोरै नै भए पनि सच्याउन सक्ने सम्भावना कति छ ?

यस प्रकरणमा मात्र होइन, विगतका वाइडबडी, यती, ओम्नीलगायत काण्डको निष्पक्ष छानबिन गरी तिनले किनारा पाए भने राजनीतिक नेताहरूमा डर पैदा हुन्छ । र, राजनीति शुद्धीकरणको बाटोमा जान सक्छ । अन्यथा, मलाई कसले के नै गर्न सक्छ र भन्ने दण्डहीनताले थप प्रश्रय पाउन सक्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार