असार २४, २०८२ मंगलबार July 8, 2025

बाराका भेटिएको कोरोना संक्रमित पत्रकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया