काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिएका छन ।
शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन्।
गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया