श्रावण १२, २०८१ शनिबार July 27, 2024

सेप्टेम्बरमा आईफोन १५ सिरिज सार्वजनिक हुँदै

आईफोन १४ किन्नुभन्दा आईफोन १५ पर्खिनु बुद्धिमानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने गर्छ । यो सेप्टेम्बरमा आईफोन १५ सिरिज सार्वजनिक हुँदैछ । ​याे सिरिजका फाेनबारे एक वर्षअघिदेखि नै विभिन्न फिचर बाहिर आइरहेका छन् ।

यदि आईफोन ११ वा सोभन्दा पहिलेको सिरिजका आईफोन प्रयोग गरिरहनु भएको छ र नयाँ आईफोन खरिद गर्ने तयारीमा हुनुहुन्छ भने तपाईँको लागि आईफोन १४ खरिद गर्ने विकल्प छ ।

आईफोन १४ मा आईफोन १३ को प्रो मोडेलमा भएको जस्तै क्यामेरा फिचर छ । यसमा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जुन आईफोन १३ मा पनि छ ।  त्यसैले यदि तपाईँ आईफोन १२ वा १३ सिरिजका स्मार्टफोन प्रयोग गरिरहनु् भएको छ भने आईफोन १४ तपाईँको विकल्प होइन ।

आईफोन १४ खरिद गर्नु ठीक कि, आईफोन १५ लाई पर्खनु ठीक ? 

झट्ट सुन्दा आईफोन १४ को फिचहरू उत्कृष्ट लागेपनि यसमा धेरै कमजोरी छन् । यसको सबैभन्दा ठूलो कमजोरी भनेको आईफोन १३ भन्दा उत्कृष्ट हुन नसक्नु हो ।

यदि प्रयोगकर्ता आफूले बोकिरहेकोभन्दा नयाँ स्मार्टफोन खरिद गर्न चाहन्छन् भने केही न केही नयाँ फिचर देख्न चाहन्छन् । तर आईफोन १४ मा आईफोन १३ भन्दा फरक फिचर देखिँदैन । डिजाइन मात्र नभई यी दुई फोनमा चिप पनि एउटै प्रयोग भएको छ ।

यद्यपि आईफोन १४ र १४ प्रोमा भने ए१६ बायोनिक चिप प्रयोग गरेको छ । यो हिसाबले हेर्ने हो भने आईफोन १५ मा ए१७ बायोनिक चिप प्रयोग भएको छ ।

अझ डिजाइनको कुरा गर्ने हो भने त एप्पल १४ को डिजाइन एप्पल १२ सँग पनि मेल खान्छ ।

क्यामेरा 

आईफोन १४ मा आईफोन १३ प्रो म्याक्समा भएको क्यामेरा फिचर उपलब्ध छ । पुरानो भएपनि यसमा डल्बी भिजन एचडीआर, एक्सन मोड लगायतका फिचर छन् । यद्यपि आईफोन १३ नै प्रयोग गरिरहनु भएको छ भने क्यामेराकै लागि आईफोन १४ विकल्प होइन ।

आईफोन १५ को कुरा गर्ने हो भने सिरिजको सस्तो फोन १५ मा नै आईफोन १४ प्रो म्याक्समा भएको ४८ मेगापिक्सेलको क्यामेरा हुने बताइएको छ । यसले गर्दा पनि आईफोन १४ तपाईँको लागि विकल्प नहुन सक्छ । त्यसैले आईफोन १५ कुर्नु उचित हुन्छ ।

नयाँ डिजाइन र डाइनामिक आइल्यान्ड 

बाहिरिएको जानकारीअनुसार आईफोन १५ मा डाइनामिक आइल्यान्ड प्रयोग हुँदैछ, जब कि आईफोन १४ र आईफोन १४ प्लसमा आईफोन १३ मा नै भएको नच डिस्प्ले प्रयोग भएको छ । यो सिरिजमा आईफोन १४ प्रो म्याक्समा मात्र डाइनामिक आइल्यान्ड प्रयोग भएको छ, जुन आईफोन १५ सिरिजको प्रो मोडेलमा मात्र हुनेछैन ।

साथै आईफोन १५ प्रो म्याक्स अथवा अल्ट्रामा भौतिक बटन नभई ह्याप्टिक बटन प्रयोग हुने बताइएको छ । यसले गर्दा आईफोन १५ कुर्नु उचित हुनसक्छ ।

पर्फर्मेन्स 

बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका स्मार्टफोनमा वाई-फाई सिक्सईको प्रयोग हुनेछ । यसले फोनको पर्फर्मेन्सलाई छिटो बनाउन मद्दत गर्छ ।

साथै यसमा ब्लुटुथ कनेक्टिभिटीकाे नयाँ भर्सन उपलब्ध हुनेछ । यसले फोनको पर्फर्मेन्सलाई उत्कृष्ट बनाउन सहयोग गर्नेछ ।

सफ्टवेयर सपोर्ट 

आईफोन १४ को सबैभन्दा धेरै समस्या नै सफ्टवेयरमा थियो । फोन सार्वजनिक भएको केही समय पनि बित्न नपाउँदै प्रयोगकर्ताले फोनको समस्या लिएर आएका थिए । फोनमा बगहरू पनि धेरै थियो । यसले गर्दा प्रयोगकर्ता आकर्षित हुन सकेनन् ।

सफ्टवेयरमा आएको समस्याले गर्दा पनि धेरैले आईफोन १४ खरिद गरेनन् । फलस्वरुप यसको बजारमा माग पनि घटेको थियो ।

आईफोन १४ प्रो म्याक्सले केही हदसम्म बजार पाए पनि यो सिरिजका अन्य फोनले बजारमा स्थान बनाउन सकेन । आईफोन १४ सार्वजनिक भएको केही समय पनि नबित्दै एप्पलले यसको उत्पादन संख्या घटाएको थियो ।

चार्जिङ पोर्ट

आईफोन १४ मा पनि अन्य आईफोनमा जस्तै लाइटेनिङ चार्जर प्रयोग भएको छ । बाहिरिएको जानकारी र युरोपेली संघको पछिल्लो निर्णयलाई मान्ने हो भने आईफोन १५ मा यूएसबी-सी पोर्ट उपलब्ध हुनेछ ।

कम्पनीले पनि यूएसबी – सी पोर्ट नै उपलब्ध गराउने संकेत दिएको छ । यसले गर्दा विशेषगरी चार्जरको समस्या हुँदैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार