असार १५, २०८१ शनिबार June 29, 2024

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो,संक्रमितको संख्या ९६ हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९६ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ९६ हजार एक सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन भेटिएका कोरोना भाइरसको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म ११ हजार तीन सय ७९ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ५९ पुगेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म ११ हजार दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ७८ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ४८ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार ६ सय ७७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार दुई सय ५९ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय चार जनाको मृत्यु भएको छ । बिहारमा एक हजार दुई सय ६२ संक्रमित पुग्दा आठ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ३६ हजार आठ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार
रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
२०८१ असार १५, शनिबार
रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
२०८१ असार १५, शनिबार
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
२०८१ असार १५, शनिबार
लालीगुराँस सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ
२०८१ असार १५, शनिबार