भाद्र ६, २०८३ शनिबार August 22, 2026

सुदूरपश्चिम प्रदेश सभामा संसदीय समिति गठन

प्रदेश सभामा मिनी संसद्को रूपमा लिइने विषयगत समितिहरू पनि गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।

शनिबार भएको नवौँ अधिवेशनको अन्तिम बैठकमा सभामुख भीमबहादुर भण्डारीले समितिहरू गठन भएको जानकारी दिनुभयो । सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति रहने व्यवस्था छ । यो समितिको सदस्यहरूमा प्रदेश सभा सदस्यहरू खुसीराम डङ्गौरा थारु, प्रकाश रावल, देवानसिंह विष्ट, पदमबहादुर शाही, मानबहादुर धामी, वीरबहादुर थापा, खेमादेवी विष्ट र तारा जोशी मनोनीत हुनुभएको छ । प्रदेश सभाको विविध विषयमा यो समितिले छलफल गर्ने गर्दछ ।

यसैगरी, प्रदेश सभामा मिनी संसद्को रूपमा लिइने विषयगत समितिहरू पनि गठन भएको छ । प्रदेश सभामा चार वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । विधायन तथा प्रदेश मामिला समितिका सदस्यमा देवानसिंह विष्ट, पदमबहादुर शाही, डम्मरी महरा, जुनाकुमारी दानी सदस्य मनोनीत हुनुभएको छ । यसैगरी, सुरेन्द्रबहादुर पाल, लक्ष्मी विक, जानकी ऐर बम, इन्दिरा गिरी र प्रकाश रावल पनि सदस्यमा मनोनीत हुनुभएको छ ।

यसैगरी, टीका थापा, सन्तोषकुमारी शर्मा थापा, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मधुदेवी भारती सार्वजनिक लेखा समितिको सदस्यमा चयन हुनुभएको छ । सोही समितिमा गीताकुमारी चौधरी, विक्रमसिंह धामी, मानबहादुर धामी, अक्कलबहादुर रावल र खेमादेवी विष्ट पनि अटाउनु भएको छ ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सदस्यमा दीर्घबहादुर सोडारी, घनश्याम चौधरी, राजेन्द्रसिंह रावल, चक्रबहादुर महता, ललिता सुनार, मेघराज खड्का चयन हुनु भएको छ । यस्तै, अन्य सदस्यहरूमा बहादुरसिंह थापा, मानबहादुर रावल, खगराज भट्ट, शिवसिंह ओली र ताराप्रसाद जोशी रहनु भएको छ ।

सामाजिक विकास समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू माया पन्त, कैलाश चौधरी, हिरा सार्की, धर्मराज पाठक, निर्मलादेवी साउँद मनोनीत हुनुभएको छ । यसैगरी, शिवराज भट्ट, प्रकाशबहादुर बम, तुुल्सी देवकोटा, सरस्वती खड्का, ओमविक्रम भाट र जानकीदेवी कुँवर पनि सदस्य मनोनीत हुनुभएको छ ।

विषयगत समितिहरूमा विधेयकको बारेमा दफावारका साथै जनसरोकारसँग सम्बन्धित विषयमा घनिभूत छलफल गर्ने गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार