भाद्र ६, २०८३ शनिबार August 22, 2026

प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ ।

सांसद्हरुले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा नलिइएको, विदेशमा श्रमका लागि काम गर्न जाँदा मृत्युवरण भएका नेपालीको शव ल्याउन कठिनाइ हुने गरेको, जलवायु परिवर्तनको प्रभावबाट नेपालले पाउने क्षतिपूर्तिका लागि लविङ गर्न, किसानलाई मलको व्यवस्था गर्न, विद्यालय कर्मचारीलाई श्रम शोषाण नगर्न, कक्षा १० को पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवनी हटाइएको, धनकुटामा पञ्चायतकालमा दमनमा संलग्नलाई प्रतिष्ठान बनाइ आर्थिक सहयोग गरिएको लगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

शून्य समयमा सांसद् बुद्धिमान तामाङ, भगवती चौधरी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मानबहादुर गुरुङ, मनिष झा, महिन्द्रकुमार राय, महेशकुमार बर्तौला, महेश बस्नेत, माधव सापकोटा, मानवीर राई, गुप्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, मैना कार्की,  मङ्गलप्रसाद गुप्ता, मञ्जु शर्मा अन्सारी र योगेन्द्र मण्डलले आफ्ना भनाइ राख्नुभयो ।

यस्तै, सांसद्हरु योगेशकुमार भट्टराई, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार राई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामहरि खतिवडा, रुक्मिणी राणा बराइली, रुपा चौधरी, रेखा यादव, रोशन कार्की, लक्ष्मी तिवारी, लिलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल र रणेन्द्र बराइलीले शून्य समयमा भाग लिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार