वैशाख १५, २०८१ शनिबार April 27, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने दोहोर्याए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया