भाद्र ६, २०८३ शनिबार August 22, 2026

सङ्घीय संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा पेस

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानद्धारा प्रतिवेदन पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सङ्घीय संसद्को आजको संयुक्त बैठकमा ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित भएको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहनुभएको थियो भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार